कोरियाको उत्पादनमुलकतर्फको भाषा परीक्षामा कति भए उत्तीर्ण ?


०१:०७ बजे
फाइल फोटो

काठमाडौं ।  उत्पादनमुलकतर्फ दोस्रो चरणको कोरियाली भाषा परीक्षा (ईपीएस) मा करिब नौं हजार परीक्षार्थी उत्तीर्ण भएका छन् । दक्षिण कोरियाको उत्पादनमूलक क्षेत्रमा रोजगारीका लागि सञ्चालन भएको दोस्रो चरणको परीक्षाको नतिजा सोमबार सार्वजनिक भएको हाे। दक्षिण कोरियाको मानव संसाधन विकास सेवाका अनुसार  ८ हजार ९६५ उत्तीर्ण भएका हुन् । 

प्रकाशित नतिजा अनुसार ९५ प्रतिशतभन्दा बढी अंक ल्याउने उत्तीर्ण भएका हुन् । पहिलो चरणको परीक्षामा ६,३२१ जना उत्तीर्ण भएका थिए । दक्षिण कोरियाको रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत कामदार लैजान कोरियाली सरकारले नेपाल सरकारसँग सन् २००७ मा एमओयू गरेको थियो । त्यसअन्तर्गत सन् २००८ बाट कामदार लैजान सुरु गरिएको थियो । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७