पोषराज पोखरेल एआईजीमा बढुवा सिफारिस


२०८१ असार १० सोमबार ००:१९ बजे

काठमाडौं । प्रहरी नायब महानिरीक्षक (डीआईजी) पोषराज पोखरेललाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवाका लागि सिफारिस गरिएको छ ।

आज (सोमबार) बसेको बढुवा समितिको बैठकले रिक्त अतिरिक्त महानिरीक्षक पदमा पोखरेललाई बढुवाका लागि सिफारिस गरेको गृह मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार प्रहरी नियमावली, २०७१ (संशोधनसहित)को नियम २७ को उप–नियम ९४० अनुसार उनलाई बढुवा सिफारिस गरिएको हो ।

उनको प्रहरी प्रधान कार्यालयअन्तर्गत महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालय नक्सालमा दरबन्दी छ । एआइजी बढुवा समितिमा गृहमन्त्रालयका सचिव अध्यक्ष र प्रधानमन्त्री कार्यालयका सचिव सदस्य रहने छन् । प्रहरी महानिरीक्षक सदस्य सचिव रहने व्यवस्था छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७