अर्याल निलम्बनमा परेपछि लीलादेवी गड्तौलालाई निमित्त मुख्य सचिवको जिम्मेवारी
काठमाडौं । मुख्य सचिव डा. वैकुण्ठ अर्याल निलम्बनमा परेपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयकी सचिव लीलादेवी गड्तौलाले निमित्त मुख्य सचिवको जिम्मेवारी पाएकी छन् । अर्यालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेसँगै उनी स्वतः निलम्बनमा परेका छन् ।
अर्याल निलम्बनमा परेसँगै प्रधानमन्त्री कार्यालयकी सचिव गड्तौलाले निमित्त मुख्य सचिवको जिम्मेवारी पाएकी हुन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सचिव रहँदा सुरक्षण मुद्रण केन्द्रको अन्तःशुल्कको स्टिकर खरिदमा ३८ करोडौं रुपैयाँ अनियमितता गरेको भन्दै अख्तियारले अर्यालसहित १२ जनालाई आइतबार भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।