जीबी राई ल्याउने गृहमन्त्रीको नियत देखिदैन, बयान दिए भने अप्ठ्यारो पर्छु भन्ने लाग्या होला : महत


२०८१ असार ९ आइतबार ०५:२२ बजे

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद डा. प्रकाशशरण महतले उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछाने कुरा बढी काम उल्टो गर्ने बाटोमा हिँडेको बताएका छन् । आइतबार संसद भवन बाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले गृहमन्त्रीले अहिलेसम्म बोलेका कुराहरु कुनै पनि दिगो र सत्य नभएको दाबी गरे ।

उनले जीबी राईलाई आकाश, पातालबाटै खोजेर ल्याउने भन्ने कुरा धेरै पहिला भनेको भए पनि हालसम्म पक्राउ गर्न नसकेको बताए । जीबी राईलाई पक्राउ गर्न गृहमन्त्री नदेखिएको बताउँदै पक्राउ गरी अनुसन्धान भए आफै फस्न सक्ने डर रहेको उनले बताए ।

उनले भने, ‘गृहमन्त्री कुरा धेरै गर्नु हुन्छ, काम उल्टो गर्नुहुन्छ । उहाँको अहिलेसम्मको जति पनि बोल्नु भएको फेहरिस्तलाई हामीले केलाउने हो भने कुनै पनि दिगो हुनेकुरा, सत्य कुरा छैन । उहाँले जीबी राईको बारेमा आकाश, पाताल गरेरै ल्याउँछौँ भन्नु भएको थियो । कुनै त्यस्तो ल्याउने नियत देखिँदैन । उहाँलाई आयो र उसले बयान दियो भने झनै अफ्ठ्यारोमा पर्नसक्छु भन्ने लागेको हुनसक्छ । कुरा बढी, काम उल्टो छ ।’

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७