संसदको भन्दा डरलाग्दो राजनीति खेल संस्थामा छ : मन्त्री श्रेष्ठ


२०८१ असार ९ आइतबार १८:१९ बजे

काठमाडौं । युवा नेता खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले राष्ट्रिय खेलकुद परिषद्का संस्थामा संसदको भन्दा डरलाग्दो राजनीति हुने गरेको टिप्पणी गरेका छन् । आइतबारको प्रतिनिधि सभा बैठकमा बजेटमाथि सांसदले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री श्रेष्ठले यस्तो बताएका हुन् ।

‘खेलकुद परिषद् पञ्चायत व्यवस्था जस्तो अहिले पनि भोगिरहेका छौं भन्ने धेरै मान्य सांसदहरूको कुरा आयो,’ उनले भने, ‘मेरो पनि तीतो अनुभव छ । खेलाडीको हकहितभन्दा संघको राजनीति डरलाग्दो हुँदो रहेछ । ४७ सालदेखिको विवाद मिलाएर बस्नु परेको छ ।’ यसअघि अनुभव भएकाले सहयोग गरे विकृति अन्त्य गर्न सकिने उनले बताए ।

खेलकुदमा १५ सय योजनाको माग भएको र यसको लागि १५ खर्ब बजेट चाहिने उनले बताए । ‘माग भएर आएको योजना १५ सय थिए । यसको लागि बजेट १५ खर्ब चाहिने थियो । तर हामीले बजेट डेढ अर्ब मात्रै पायौं । १० औं राष्ट्रिय खेलकुदको तयारी धेरै अगाडि बढेकाले ६० करोड यसको लागि तोक्यौं,’ उनले भने, ‘क्रिकेट क्रेज बढेको छ यसैले मूलपानीलाई राष्ट्रिय गौरवमा लिएकाले चोखो ५० करोड यसमा राख्नु प¥यो । हरेक माननीयलाई बजेट नगए नि राष्ट्रले गौरव गर्ने गरी बजेट हालेका हौं ।’

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७