दक्षिण कोरियाको राजदूतमा सिफारिस सुशील प्याकुरेलले गरे पद अस्वीकार


२०८१ असार ९ आइतबार १४:२४ बजे

काठमाडौं । दक्षिण कोरियाको राजदूतमा सिफारिस भएका सुशील प्याकुरेलले पद अस्वीकार गरेका छन् । उनलाई सरकारले नेकपा एमालेको कोटाबाट गत शुक्रबार (असार ७) गते राजदूत सिफारिस गरेको थियो । ‘मेरो असन्तुष्टि हो, मैले कन्सल्ट गर्दैछु । केहीबेरपछि सबै कुरा थाहा पाउनु हुन्छ,’ प्याकुरेलले भने।

प्याकुरेल निकट स्रोतका अनुसार, राजदूत सिफारिसमा असन्तुष्टि जनाउँदै उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सचिवालयलाई पत्र बुझाइसकेका छन् ।

उनले सचिवालयमा पत्र बुझाउँदै भनेका छन्, ‘मलाई राजदूत सिफारिस गरेकोमा प्रधानमन्त्रीलाई धन्यवाद, तर मेरो रुचि र सहमति नभएकाले असमर्थ छु ।’ उनले राजदूत नियुक्तिसम्बन्धी विगतमा सरकारले तय गरेको मापदण्ड र संसदीय सुनुवाइको औचित्य र राजदूतको कार्यकालका विषयमा समेत गम्भीर विमर्श आवश्यक रहेको औंल्याएका छन् ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७