देशभरको जमिन राष्ट्रियकरण गर्नुपर्छ, नत्र विकास हुँदैन : वामदेव गौतम


२०८१ असार ९ आइतबार ०७:२६ बजे

काठमाडौं । राष्ट्रियसभा सदस्य वामदेव गौतमले देशभरका सम्पूर्ण जमिन राष्ट्रियकरण गर्नुपर्ने बताएका छन् । आज (आइतबार) राष्ट्रियसभा बैठकमा बोल्दै उनले जबसम्म नेपालको सम्पूर्ण भूमि राष्ट्रियकरण गरिँदैन तबसम्म नेपालले विकास गर्न नसक्ने दाबी गरे ।

‘सम्पूर्ण जमिन राष्ट्रियकरण गरौं । मैले आज धेरै पहिलादेखि भन्दै आएको कुरा गरें । जबसम्म नेपालको कृषि भूमि मात्रै होइन, सम्पूर्ण भूमि राष्ट्रियकरण गरिँदैन, नेपालले विकास गर्दैन’, उनले भने ।

उनले अमेरिका, चीन, रुसलगायत देशमा सम्पूर्ण भूमि राष्ट्रियकरण भएकाले विकास सम्भव भएको बताए । ‘अमेरिकालगायत देशमा सम्पूर्ण भूमि राष्ट्रियकरण भएको छ । त्यहाँ व्यक्तिगत छैन । अमेरिकामा मात्रै होइन, सिंगो युरोपभर भूमि राष्ट्रियकरण गरिएको छ । रुसमा पनि त्यो लागु भएको छ । चीनमा १९५३ मा राष्ट्रियकरण भयो, सबै जमिन । भूमि नै मानिसलाई आवश्यकता पर्ने वस्तु उत्पादन गर्ने आधार हो । मुख्य उत्पादनको साधन हो । त्यसलाई टुक्रा–टुक्रा काटेर बाँड्छौँ, देश समृद्ध हुन सक्दैन’, सांसद गौतमले भने । उनले भूमि नै मानिसलाई आवश्यकता पर्ने वस्तु उत्पादन गर्ने आधार भएकाले उत्पादनका लागि लिजमा दिने र सबै भूमि राष्ट्रियकरण गरेर अघि बढ्नुपर्ने आवश्यकता रहेको बताए ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७