भारतमा विषाक्त रक्सी पिउँदा मर्नेको संख्या ४७ पुग्यो, ३० को अवस्था चिन्ताजनक


२०८१ असार ७ शुक्रबार १८:३५ बजे

नयाँदिल्ली । भारतीय राज्य तमिलनाडुको कल्लाकुरिची जिल्लामा विषाक्त रक्सी पिउँदा मृत्यु भएकाको संख्या ४७ पुगेको छ । जसमध्ये २४ जना एउटै गाउँ करुणापुरमका थिए। यही जुन २० तारिख (बिहीबार) सबै मृतकको सँगै दाहसंस्कार गरिएको छ ।

चिकित्सा शिक्षा निर्देशक जे. सङ्गुमणिका अनुसार ३० जनाको अवस्था अझै चिन्ताजनक छ । यसैबीच उक्त मदिरा काण्डमा पक्राउ परेका ३ अभियुक्तलाई १५ दिनका लागि न्यायिक हिरासतमा पठाइएको छ । उनीहरूलाई कुड्डालोर जेलमा राखिएको छ । तीनै अभियुक्तलाई जुलाई ५ सम्म हिरासतमा राखिनेछ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७