डेल्टा मार्टको आगलागी पाँच घण्टापछि नियन्त्रण, तीन जिल्लाका १५ दमकल प्रयोग


२०८१ असार ७ शुक्रबार २२:५२ बजे

लुम्बिनी । बुटवलको मिलनचोकमा रहेको डेल्टा मार्टमा हिजो साँझदेखि लागेको आगो नियन्त्रणमा आएको छ । तीन तलाको मार्टको माथिल्लो तलाबाट सुरु भएको आगलागी झण्डै पाँच घण्टापछि नियन्त्रणमा आएको हो । आगलागी नियन्त्रणमा स्थानीय र प्रहरी जुटेका थिए । विद्युत् सर्ट भएर आगलागी भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । मार्टको वरपर घना बस्ती भएकाले बस्ती जोगाउन वारुणयन्त्र प्रयोग गरिएको थियो तर मार्टमा भने पूर्णरुपमा क्षति पुगेको छ ।

आगलागी नियन्त्रणमा लिन रुपन्देही, कपिलवस्तु र नवलपरासीका १५ वटा दमकललाई ५ घन्टा लागेको छ । यद्यपि अहिले पनि ठूलो आगो कम भए पनि भित्रको सबै निभेको छैन । ५ घण्टा लागेको आगोले करोडौंको समान जलेर ध्वस्त भएको छ तर क्षतिको पूर्ण विवरण आउन समय लाग्ने प्रहरीको भनाइ छ ।

तीन घण्टामा रुपन्देही, नवलपरासी र कपिलवस्तुका १५ दमकलको प्रयोगले आगो नियन्त्रणमा ल्याएको तर पूर्ण रुपमा ननिभेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख विजयराज पण्डितले बताए । बुटवल उपमहानगरका २, आयल निगमका २, गौतमबुद्ध विमानस्थलको १, रामग्राम, सुनवल, सैनामैना, वाणगंगा, लुसा, गाउँपालिकाको संयुक्त्त गरी १५ दमकलले आगो निभाउन प्रयोग भएका थिए ।

आगलागीबाट करोडौँ रकम बराबरको क्षति भएको अनुमान गरिएको तर यकिन विवरण नआइनसकेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक (डिएसपी) विजयराज पण्डितले बताए । आगो निभाउनका लागि रुपन्देहीका तिलोत्तमा, सैनामैना, सिद्धार्थ, देवदह, सुनवल नगरपालिका, कपिलवस्तुको शिवराज नगरपालिका र भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट दमकल ल्याइएको थियो ।

नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र, स्थानीयलगायतको प्रयासका कारण बस्तीमा आगा सल्कनबाट जोगिएको प्रहरीको भनाइ छ । बुटवल उपमहानगरपालिका–८ स्थित मिलनचोकमा रहेको उक्त मार्टमा शैक्षिक सामग्रीसहित जुत्ताचप्पल र नेपालमा उत्पादित कपडालगायतका पसल तथा केही कम्पनीका कार्यालय थिए ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७