इलामका नागरिकले ‘स्वास्थ्य सम्बन्धी हक’ उपयोग गर्न पाएनन् : सुहाङ नेम्वाङ


२०८१ असार ६ बिहीबार ११:२७ बजे

काठमाडौं : इलाम क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य सुहाङ नेम्वाङले इलामका जनता आधारभूत निशुल्क स्वास्थ्य सेवा र आकस्मिक स्वास्थ्य सेवाबाट बञ्चित भएको बताएका छन् ।

इलामको एक मात्रै जिल्ला अस्पतालमा दरबन्दी अनुसारको चिकित्सक पदपूर्ति नहुदा इलामका नागरिक निशुल्क स्वास्थ्य सेवा र आकस्मिक स्वास्थ्य सेवाबाट बञ्चित भएको उनको भनाई छ ।

विहिबार प्रतिनिधिसभाको शुन्य समयमा बोल्दै सांसद नेम्वाङले इलामको एकमात्रै जिल्ला अस्पतालमा १४ जनाको विशेषज्ञ चिकित्सकको दरबन्दी भएपनि तीन जनाको मात्रै पदपूर्ती भएको बताए ।

‘हाम्रो संविधानको धारा ३५ को ‘स्वास्थ्य सम्बन्धी हक’मा प्रत्येक नागरिकलाई आधारभूत निशुल्क स्वास्थ्य सेवा र आकस्मिक स्वास्थ्य सेवाको ग्यारेन्टी गरिएको छ,’ उनले भने, ‘तर इलामका नागरिकहरुको हकमा भने लागु हुन सकेको छैन । इलामको एकमात्रै जिल्ला अस्पतालमा १४ जनाको विशेषज्ञ चिकित्सकको दरबन्दी छ । त्यस मध्ये तीन जनाको मात्रै पदपूर्ती भएको छ । ११ जनाको रिक्त छ । ३ जना मध्ये पनि एकजना अध्ययन विदामा हुनुहुन्छ ।’

नेम्वाङले अस्पतालमा भेन्टिलेटर, आइसियु लगायतका सेवाका लागि उपकरणहरु भएपनि दक्ष जनशक्ति अभावमा उपकरण त्यसै ब्रिग्रिएर जाने अवस्थामा रहेको बताए । उनले अस्पतालको भवन जिर्ण भएको भन्दै भवन निर्माणको लागि सरकारको ध्यानाकषर्ण गराए ।

सांसद नेम्वाङले सामान्य उपचारको लागि पनि झापा झर्नु पर्ने बाध्यता रहेको भन्दै अस्पताललाई सुविधासम्पन्न बनाउन सकिए इलाम मात्रै होइन छिमेकी जिल्लाहरु ताप्लेजुङ, पाँचथर जिल्लाको जनताको लागि पनि उपयोगी हुने बताए ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७