मलेसियामा जीबी राईको लोकेशन ‘कन्फर्म’ भइसक्यो : गृहमन्त्री लामिछाने


२०८१ असार ६ बिहीबार १४:४९ बजे

काठमाडौं : उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी प्रकरणमा मुछिएपछि फरार रहेका गितेन्द्रबाबु राई (जीबी) को मलेसियाको लोकेशन पत्ता लागिसकेको बताएका छन् ।

श्री एयरलाइन्सको परीक्षण उडानका लागि भरतपुर आएका लामिछानेले पत्रकारसँग कुराकानी गर्दै राईको लोकेसन पत्ता लागेको र उनलाई नेपाल ल्याउने विषयमा पहल थालिएको बताएका हुन् । मन्त्री लामिछानेले राईको मलेसियास्थित लोकेसन कन्फर्म गरिएको दाबी गरे ।

'हामीले जीबी राईलाई लोकेट गरेका छौँ । ऊ कहाँ छ भन्ने हामीलाई थाहा छ । मलेसियाका गृहमन्त्रीजीले कन्फर्म गर्नुभएको छ लोकेशन,' उनले भने,'नेपाल ल्याउन हामीले कोसिस गरिरहेका छौँ । सबैभन्दा बढी हुटहुटी मलाई छ ।'

गृहमन्त्री लामिछानेले सुपुर्दगी सन्धि नभएकाले मलेसियाबाट नेपाल ल्याउन कूटनीतिक पहल गर्न समस्या भइरहेको बताए ।  'यो अनुसन्धानको विषयमा हामीले निरन्तर रूपमा काम गरेर धेरै नजिक आइपुगेका छौँ । योबीचमा मेरो दुई पटक मलेसियाका गृहमन्त्रीसँग कुराकानी भएको छ,' उनले भने, 'आजभन्दा तीन-चार दिन अगाडि पनि मेरो उहाँसँग कुरा भएको छ । हाम्रो सुपुर्दगी सन्धि नभएकाले कूटनीतिक पहलमा समस्या भएको छ । तपाईंहरूले नतिजा पाउनुहुन्छ ।'

गृहमन्त्री लामिछानेले राईलाई नेपाल ल्याउन आफूले पछिल्लोपटक मलेसियाका गृहमन्त्रीसँग दुई पटक कुराकानी गरेको बताए ।

राई ग्लालेक्सी टिभीको अध्यक्ष रहँदा लामिछाने प्रवन्ध निर्देशक भएर काम गरेका थिए । सहकारी ठगीको मुद्दामा राईसँगै लामिछाने पनि आलोचित छन् ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७