जसपा बिनै मधेस प्रदेशको नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित


२०८१ जेठ ३१ बिहीबार १६:५४ बजे

जनकपुरधाम । मधेश प्रदेश सरकारको आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रम सर्वसहमतिले पारित भएको छ । विहीबार प्रदेशसभामा आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम पारित भएको हो । गत मंगलबार प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले प्रदेश सभामा नीति तथा कार्यक्रम वाचन गरेकी थिइन् ।

जनमत नेतृत्वको सरकारले पहिलो पटक ल्याएको नीति तथा कार्यक्रममा २७ पृष्ठमा २२५ बुँदे नीति उल्लेख रहेको छ । नेपाली कांग्रेसका सांसद वीरेन्द्रकुमार सिंहद्वारा ९ बुँदे संसोधन र लोसपाकि सांसद रानी कुमारी शर्माद्वारा दुई बुँदे संसोधन प्रस्ताव दर्ता गराएकि थिइन् । उक्त प्रस्ताव सहित नीति तथा कार्यक्रममाथि छलफल हुँदा प्रतिपक्ष दलका सांसदसंगै सत्तापक्षका सांसदहरुले त्रुटी औल्याएका थिए ।

छलफलमा उठेको प्रश्नको जवाफ दिँदै मुख्यमन्त्री सिंहले आउने बजेटमा उठेका विषयहरुको सम्बोधन गर्ने आवश्वासन दिएका थिए । उनले चुरे तथा खाने पानी र कृषिलाई आधुनिकिकरणको रुपमा विकास गर्दै जलवायु परिवर्तन रोक्नका लागि थप लाग्ने प्रतिवद्धता व्यक्त गरेका थिए । उक्त आश्वासन दिएपछि सांसदद्वयले दर्ता गराएको संसोधन प्रस्ताव फिर्ता लिएका थिए ।

सर्वसहमतिले पारित भनिएको नीति तथा कार्यक्रममा भने जसपा नेपालको अनुपस्थिति रहेको थियो । जसपा नेपालको महाधिवेशन चलिरहेको हुँदा परामर्श समितिको बैठकमा सरकारलाई जसपा नेपालले केही दिन सार्न आग्रह गरेका थिए । तर जसपा नेपालको प्रस्तावलाई अस्विकार गरेपछि नीति तथा कार्यक्रम प्रस्तुत गरिएको दिन जसपा नेपालद्वारा वहिष्कार गरिएको थियो ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७