कांग्रेस ‘गिरिबन्धु’ बेचेर खान नपाएको रिसले स्यालहुइँया मच्चाइरहेको छ : ओली


२०८१ जेठ ३१ बिहीबार ११:३२ बजे

काठमाडौं । सत्तारुढ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसले गिरिबन्धु टी–स्टेट बेचेर खान नपाएपछि गलत प्रचार गरेर स्यालहुइँया मच्चाइरहेको आरोप लगाएका छन् । कानुन, नियम बिना बलजफ्ती बिक्री गरेर गिरिबन्धु टी–स्टेटको जग्गा बेचेकाहरु अहिले खान नपाएको रिसले कराइरहेको उनले आरोप लगाए ।

आज (बिहीबार) भक्तपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेकपा एमालेलाई देशका लागि काम गर्न नदिनका लागि कांग्रेसले आक्रमण गरिरहेको बताए । उनले पशुपतिमा १०८ किलो सुन भनेर पित्तल चढाए, कम्बोडियामा ३ हजार करोड टेलिकममा लगानी छ भन्नेहरु कता गए भन्दै प्रश्न समेत गरे ।

‘एउटा स्याल कराइसक्यो, अर्को स्याल निस्किएर कराउँछ । एउटा करायो, पशुपतिमा १०८ किलो सुन भनेर केपी ओलीले पित्तल चढायो, छानबिन गरी पाउँ भनेर । पशुपतिमा चढाएको जलहरी भत्काएर, तौलिएर, सुन हो कि होइन घोटेर उधुम गरे । सुनै चढाएको रहेछ । कहाँ गयो त्यो कराउने अहिले ?’

उनले भने, ‘अर्को करायो कम्बोडियामा तीन हजार करोड लगेर टेलिकममा राखेको छ रे ! कहाँ गयो, त्यो अचेल, फिर्ता ल्याए भयो नि, त्यो पैसा । उनीहरुको सरकार थियो, अस्तिसम्म । किन ल्याएन फिर्ता । अहिले गिरिबन्धु टी–स्टेट भनेर कराएका छन् । गिरीबन्धु टी–स्टेटमा एक पटक ५१ र अर्को पटक १९ बिघा गरेर ७० बिघा कानुन, नियम बिना बलजफ्ती बिक्री गरेर तिनै तत्वहरुले खाएका थिए । गिरिबन्धु टी–स्टेटलाई बेथिति गर्न पाइँदैन भनेर कानुन हामीले बनायौं, कानुन बनाएपछि नियम कानुनभित्र बस्नुप¥यो, बेचेर खान नपाइने भयो भनेर स्यालहुइँया मच्चाएका छन् ।’

उनले वैचारिक संघर्ष गर्न नसक्नेहरुले एमालेमाथि प्रहार गरिरहेको बताए । ‘केपी ओलीले त्यो र यो गर्‍यो भनेर । यो किन हुन्छ भने हाम्रो पार्टीसँग वैचारिक संघर्ष गर्न सक्दैनन् । देश बनाउने कसरी त्यो आइडिया छैन । अनि एमालेलाई बदनाम गर्ने । यिनीहरुले यो काम गरो भन्ने त छैन नि ! एउटा सिन्को भाँचेको छ, यिनीहरुले देशका लागि,’ उनको भनाइ थियो । अध्यक्ष ओलीले एमालेभित्र एकताका लागि ठाउँ रहेको भन्दै फाटो, विभाजन र गुटबन्दीका लागि ठाउँ नरहेको बताए । उनले मिसन ०८४ देशको राष्ट्रिय शक्तिलाई निर्णायक तहमा पु¥याएर देशको विकास गर्नका लागि रहेको दाबी गरे ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७