निर्वाचन आयोगले तोक्यो इलाममा ७९ र बझाङमा ७४ मतदानस्थल
काठमाडौं । आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले इलाम र बझाङमा मतदान स्थल तोकेको छ । इलाम जिल्लाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ मा ७९ मतदान स्थल र १४९ मतदान केन्द्र कायम गरिएको छ ।
त्यस्तै, बझाङ जिल्लाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ को प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १ मा ७४ मतदान स्थल र ९३ मतदान केन्द्र कायम गरिएको आयोगका सहसचिव एवम् प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।
साथै पौडेलका अनुसार आयोगले देशभर १० हजार ८९२ मतदान स्थल कायम गरेको छ । निर्वाचन सम्पन्न गर्ने तथा राजनीतिक दलसम्बन्धी दर्ता र अन्य विवादको निरूपण गर्ने आदि काम निर्वाचन आयोगले गर्ने संवैधानिक व्यवस्था छ ।