२०४२ सालमा सिंहदरबारमा बम पड्काउने पूर्व मन्त्री खेमराज भट्ट ‘मायालु’ को निधन


२०८० असोज ५ शुक्रबार १०:३७ बजे

काठमाडौँ । सत्तारुढ नेकपा माओवादी केन्द्रका केन्द्रीय सल्लाहकार तथा पूर्वमन्त्री खेमराज भट्ट ‘मायालु’ को निधन भएको छ । क्यान्सर रोगको उपचाररत भट्टको बिहीबार राति साढे दश बजे अस्पतालमै निधन भएको भतिज पुष्प भट्टले जानकारी दिए ।

उनी काठमाडौँको वीर अस्पतालमा उपचाररत थिए । २०५६ सालको आम निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधिसभामा निर्वाचित भएर केही समय सामान्य प्रशासन मन्त्री समेत बनेका मायालु गणतन्त्रका लागि आवाज उठाउने अग्रणी नेताहरुमध्ये एक हुन् ।

रामराजा प्रसाद सिंह नेतृत्वको जनवादी मोर्चाले गणतन्त्र नेपालको लक्ष्य राखेर २०४२ साल असारमा नारायणहिटी राजदरबार, सिंहदरबार जस्ता ठाउँमा बम विष्फोट गराएको थियो । मायालु त्यतिबेला जनवादी मोर्चाको उपाध्यक्ष थिए । उनी २०५३ सालमा फेरि नेपाली कांग्रेसमै फर्केका थिए । गिरिजाप्रसाद कोइरालाको निधनपछि उनी माओवादीमा प्रवेश गरेका थिए ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७