दुई करोड ४६ लाख धरौटी बुझाएर रिहा भए भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङ


२०८० भदौ २४ आइतबार ००:०६ बजे

काठमाडौं । ललिता निवास प्रकरणमा पक्राउ परेका भाटभटेनी सुपर मार्केटका मालिक मीनबहादुर गुरुङ धरौटी रकम बुझाएर रिहा भएका छन् ।

उनलाई जिल्ला अदालत काठमाडौंले आइतबार नै दुई करोड ४६ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएकोमा अदालतले मागेको जम्मा गरेर उनी आइतबार साँझ रिहा भएका हुन् ।
जिल्ला अदालत आइतबार यो प्रकरणमा पक्राउ परेका १७ जनालाई धरौटीमा र एक जनालाई साधारण तारेखमा छाड्न आदेश

दिएको थियो । सीआईबीले अनुसन्धान गरेपछि जिल्ला सरकारी वकिल कार्यालयले किर्ते कसुरमा उनीहरूमाथि मुद्दा चलाएको थियो ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७