कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार


१९:४७ बजे

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार भएको छ । बुधबार दिउँसो रिपोर्टस क्लबमा भएको कार्यक्रममा सहभागी भएर बाहिरिने क्रममा उनीमाथि खुकुरी प्रहार भएको हो ।

खुकुरी प्रहारबाट घाइते भएको यादवलाई उपचारको लागि वीर अस्पताल लगिएको छ । यादवमाथि आक्रमण गर्नेलाई प्रहरीले पक्राउ गरेको छ । घटनाको थप विवरण आउन बाँकी छ । प्रहरीका अनुसार नुवाकोटका श्यामबाबु सापकोटालाई पक्राउ गरिएको हो । यादवको टाउकोमा चोट लागेको प्रहरीले जानकारी दिएको छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७