आज संसदीय समितिमा नेतृत्व चयन हुँदै, कुनमा को ?


२०८० भदौ ११ सोमबार २०:१७ बजे

काठमाडौँ । प्रतिनिधिसभा मातहतका १० विषयगत समितिले नयाँ कार्यकालका लागि आज (सोमबार) देखि नेतृत्व पाउँदैछन् । संविधानसभाबाट विसं २०७२ असोज ३ गते संविधान जारी भएपछि दोस्रो कार्यकालका लागि गठन भएको प्रतिनिधिसभा अन्तर्गतका संसदीय समितिका सभापतिको चयन हुन लागेको हो ।

विषयगत समितिका रुपमा अर्थ, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ताहित, कानुन, न्याय तथा मानवअधिकार, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति छ । त्यस्तै महिला तथा सामाजिक मामिला, राज्यव्यवस्था तथा सुशासन, पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि र सार्वजनिक लेखा समिति प्रतिनिधिसभा मातहतका संसदीय समिति हुन् । आज दिउँसो ३ बजे बस्ने बैठकले ती समितिको सभापति चयन गर्नेछ ।

ती समितिका सभापति पदका लागि आइतबार उम्मेदवारी दर्ता सम्पन्न भएको छ । १० संसदीय समिति सभापतिका लागि ११ जनाको उम्मेदवारी परेको छ । नेकपा (एमाले) का ऋषिकेश पोखरेल र किरणकुमार साह, नेकपा (माओवादी केन्द्र) का विमला सुवेदी, नेकपा (एकीकृत समाजवादी) का भानुभक्त जोशी, नेपाली कांग्रेसका सन्तोष चालिसे, आरजु राणा देउवा र रामहरि खतिवडा, जनता समाजवादीका राजकिशोर यादव, जनमत पार्टीका अब्दुल खान, राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपकबहादुर सिंह र राष्ट्रिय स्वतन्त्र पार्टी (राजस्वपा)का गणेश पराजुलीको उम्मेदवारी परेको छ ।

नौ समितिमा एक/एक जनाको उम्मेदवारी परेको छ भने उद्योग तथा वाणिज्य तथा उपभोक्ताहित समितिमा जनमत पार्टीका खान र रास्वपाका पराजुलीबीच प्रतिस्पर्धा हुने बताइएको छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७