मुख्यमन्त्री कार्कीको प्रस्ताव : कोशीमा सर्वपक्षीय सरकार बनाऔं


२०८० असार १५ शुक्रबार २०:५२ बजे

मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आफू अहिले पनि सर्वपक्षीय सरकार बनाउने प्रयासमा रहेको बताएका छन् ।

विश्वासको मत लिने आफ्नो प्रस्तावमाथि बिहीबार प्रदेशसभामा भएको छलफलमा उठेका प्रश्नहरुको जवाफ दिँदै मुख्यमन्त्री कार्कीले आफ्नो प्रयासले सार्थकता पायो कि पाएन भन्ने परिणामले देखाउने बताए । बिहीबार मात्र पनि आफूले आफ्नो पार्टीसँगै अरु पार्टीको नेतृत्वसँग परामर्श गरेको भन्दै उनले अघि भने, ‘अहिले पनि म सर्वपक्षीय सरकार गठनको पक्षमा छु ।’

एमाले संसदीय दलका नेता समेत रहेका कार्कीले सर्वपक्षीय सरकार बनाउँदा कम अवसर आफ्नै दलले पाउने भए पनि त्यसका लागि तयार रहेको बताएका छन् । तर सबै मिलेर ढोका थुनेर कुट्ने हो भने निकास ननिस्कने उनको चेतावनी छ । कार्कीले अघि भने, ‘कुनै पनि गठबन्धन एकले अर्कालाई बाइपास गरेर, त्यो पनि सबभन्दा ठूलो दललाई बाइपास गरेर चल्ने र टिक्ने वाला छैन ।’ विराटनगर । कोसी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत लिने प्रयोजनका लागि सदनमा उठेका जिज्ञासाको जवाफ दिएका छन् । मुख्यमन्त्री कार्कीले विश्वासको मतको विषयमा उठेको प्रश्न तथा जिज्ञासामा जवाफ दिएका छन् । पुस २४ गते नियुक्त भएका उनले २५ गते पदभार ग्रहण गरेका थिए ।

नेकपा (माओवादी केन्द्र) ले जेठ २३ गते र जनता समाजवादी पार्टी (जसपा)ले त्यसअघि समर्थन फिर्ता लिएपछि कार्की अल्पमतमा परेका थिए । नेकपा एमाले संविधानको अक्षरस पालना गर्न प्रतिवद्ध रहेको बताउँदै कानुनी राज्य र जनताको सर्वोच्चताको पक्षमा रहेको उनले बताए । उनले भने, ‘म जवाफ दिन तयार थिएँ । तर, सभामुख ज्यूसँग समय मागेको तर त्यस विषयमा भ्रम सिर्जना गरिनु दुःखद् हो ।’

उनले सरकारले कोसीमा आएको बाढी र पहिरो पीडितको उद्धार तथा राहत वितरण गरिएको जानकारी दिए । पीडामा परेकाहरुसम्म पुगेको भन्दै उनले विपद् व्यवस्थापनमा सरकार नचुकेको दाबी गरे ।

निर्वाचन प्रणालीका कारण कुनै पनि दलको वहुमत आउन नसक्ने अवस्था सिर्जना भएको बताउँदै कार्कीले वैकल्पिक सरकार बन्ने अवस्था नरहेको दाबी गरे । “प्रदेश संरचनालाई जनताले महसुस गर्न सक्ने बनाउने प्रयास गरेका छौँ’, कार्कीले भने, ‘प्रदेशलाई अस्थिरता दिने काम कसले गरिरहेको छ ? । नामकरणको विषयमा उठेको प्रश्न संवोधन गर्न सरकारले वार्ता समिति बनाएर छलफलका लागि पहल लिइएको छ । वार्ताका माध्यमबाट समस्या समाधान गर्न म प्रतिबद्धता व्यक्त गर्छु ।’

अहिले एमालेसँग ४० र राप्रपासँग ६ मत छ । कांग्रेस २९, माओवादी १३, नेकपा एकीकृत समाजवादी ४ र जसपाका एक सांसद छन् । बहुमत पुर्‍याउन ४७ मत चाहिन्छ । आजको बैठकमा जसपाकी सांसद निर्मला लिम्बू अनुपस्थित छिन् ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७