बझाङ, २३ बैसाख । बझाङको थलारा गाउँपालिका–४ मा खहरे खोलाले बगाउँदा पाँच जनाको ज्यान गएको छ ।
ज्यान जानेमा स्थानीय २७ वर्षीय हर्क विक, उनकी श्रीमती २६ वर्षीया डल्ली विक, १२ वर्षीय मनिषा विक र ३ वर्षीय सक्षम विक र ३५ वर्षीया कलसी विक रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
[caption id="attachment_18893" align="aligncenter" width="989"]स्थानीय बजार ढोड्यखेतबाट घर फर्कने क्रममा गुह्या खोलाले बगाउँदा उनीहरुको ज्यान गएको प्रहरीले जानकारी दिएको छ । शनिबार राति ८ बजेतिर परेको अविरल वर्षाका कारण खहरे खोला आई उनीहरुलाई बगाएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयले घटनास्थलमा प्रहरी पुगी सकेको र रिपोर्ट लिने काम भई रहेको जनाएको छ ।[/caption]