‘डिपार्टेड डन’ लाई भारतको तीन अवार्ड


२०७९ चैत १६ बिहीबार १०:०६ बजे

काठमाडौँ । नाट्यकर्मी विमल सुवेदीको ‘डिपार्टेड डन’ ले बुधबार भारतको नयाँ दिल्लीमा सम्पन्न १८औं महिन्द्रा थिएटर एक्सिलेन्सी (मेटा) अवार्डमा तीन अवार्ड जितेको छ ।

भारतको सबैभन्दा प्रतिष्ठित मानिने मेटा अवार्डमा चार विधामा मनोनयनमा परेको नाटकले अभिनय, कोरियोग्राफी र सङ्गीतमा अवार्ड जितेको हो । जबर्जस्ती आफ्नो जन्मथलो छाड्न बाध्य भएका नेपाली भाषी भुटानीको अवस्था चित्रण गर्ने नाटक सुवेदीले चलचित्र बनाउने सिलसिलामा तयार गरेको जानकारी दिए । ‘यसलाई मैले हाम्रो जितको रूपमा लिएको छु । यहाँ अब हामीलाई गर्ने विश्वास पक्कै बढ्ने छ’, निर्देशक सुवेदीले भने, ‘हाम्रो नाटक चाँडै नै मुम्बईको पृथ्वी थिएटर र एनीपीएमा मञ्चन हुने भएको छ ।’

भारतभर मञ्चन हुने नाटकमध्ये उत्कृष्ट नाटकका विभिन्न विधालाई प्रदान गरिने यो अवार्डमा ‘दि डिपार्टेड डन’ चार सय ९५ बाट छानिएर उत्कृष्ट दशमा परेको थियो । छानिएका नाटक यही चैत ११ देखि १७ गतेसम्म दिल्लीमा मञ्चन भएका थिए ।

नेपालको थिएटर भिलेज र भारतको अखोका थिएटरको सहकार्यमा तयार भएको नाटकले सन् २०१९ मा सेरेनपिडिटी आर्ट्स ग्रान्ट अवार्ड प्राप्त गरेको थियो । निर्देशक सुवेदीको लेखन तथा निर्देशन रहेको नाटक ‘दि कन्फेसन’ केही दिनअघि मात्र नयाँ दिल्लीको नेसनल स्कुल अफ ड्रामा (एनएसडी) को हलमा मञ्चन भएको थियो ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७