प्रधानमन्त्री प्रचण्डले धोका दिनु भयो : अध्यक्ष लिङ्देन


२०७९ चैत ६ सोमबार ०३:३१ बजे

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले प्रधानमन्त्रीलाई विश्वासको मत प्रदान गर्न नसकिने बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलका क्रममा उनले केही दिनअघि मात्र सरकारबाट अलग्एिको दल राप्रपाले अहिले नै विश्वासको मत दिने अवस्था भई नसकेको बताए ।

अध्यक्ष लिङ्देनले भने, ‘विकास, सुशासन र सेवा प्रवाहमा एकाकार भएर काम गर्ने अठोट गरिएकामा सत्ता घटकलाई समेत जानकारी नदिइ बाटो फेर्नुभयो, प्रधानमन्त्रीजीलाई अर्काे यात्राका लागि शुभकामना छ ।’ उनले देशको अर्थतन्त्रको अवस्था बाहिर देखिएको जस्ता सजिलो नरहेको बताए राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री पुष्पकमल दाहालले धोका दिएर बाटो मोडेकोले आफ्नो पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिनुपर्ने अवस्था आएको बताए । प्रधानमन्त्री दाहालले कुनै जानकारी नै नदिई निर्णय गरेकोले आफ्नो पार्टीले उच्च नैतिकता देखाउँदै सरकार छोडेर बाहिरिनु परेको बताए ।

प्रधानमन्त्री दाहालले संसद्मा दोस्रो पटक विश्वासको मत लिन राखेको प्रस्तावको छलफलमा भाग लिँदै राप्रपा अध्यक्ष लिङ्देनले प्रधानमन्त्री पुष्पकमल दाहाल दुई महिनामा दु ईपटक विश्वासको मत प्राप्त गर्ने भाग्यमानी भएपनि फेरि वैशाख महिनामा विश्वासको मत लिने अवस्था नआउला भन्न नसकिने बताए ।

‘मलाई धेरै कुरा भन्नु छैन । प्रधानमन्त्री जीलाई अर्को यात्राका लागि शुभकामना छ । तपाईंले बाटो फेरेपछि रात कटाउन पनि गाह्रो भयो,’ उनले थपे, ‘हामीले निश्चित समझदारी गरेर सरकारमा गएका थियौं । विकास, सेवा र सुशासन जस्ता विषयमा सँगै बसेर काम गर्ने भन्ने सहमति गरेका थियौं । तर बीचमै बाटो फेर्नुभयो ।’

उनले प्रधानमन्त्री दाहालले सत्ता गठबन्धनमा कुनै छलफल नै नगरी निर्णय गरेपछि सरकार छोड्नुपर्ने अवस्था आएको बताए । उनले प्रधानमन्त्री दाहालले नै विश्वास तोडेर धोका दिएको बताए ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७