प्रधानमन्त्रीलाई विश्वासको मत दिने/नदिने निर्णय गर्न रास्वपाको बैठक बस्दै


२०७९ चैत ५ आइतबार ००:५८ बजे

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बोलाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिने विषयमा छलफल गर्न बैठक बोलाएको रास्वपाका प्रवक्ता मुकुल ढकालले जानकारी दिए ।

बैठकमा समसामयिक राजनीतिक परिस्थितिका बारेमा पनि छलफल हुने जनाइएको छ । प्रधानमन्त्री प्रचण्ड भोलि सोमबार संसदमा विश्वासको मत लिने तयारीमा छन् । रास्वपा सरकारबाट हटे पनि सरकारलाई दिएको समर्थन फिर्ता लिएको छैन। रास्वपाबाट प्रतिनिधि सभामा १९ सांसद छन्। २० सांसद रहेको रास्वपा रवि लामिछाने नागरिकता प्रकरणपछि १९ मा सीमित भएको छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७