राष्ट्रपति पद मेरा लागि होइन : डा. सन्दुक रुइत


२०७९ माघ ४ बुधबार १७:५४ बजे

काठमाडौं । वरिष्ठ नेत्र रोग विशेषज्ञ डा. सन्दुक रुइतले देशको राष्ट्रपति पदमा जान अनिच्छा प्रकट गरेका छन् । भर्खरै बहराइनको प्रतिष्ठित इशा अवार्ड पाएपछि आयोजित पत्रकार सम्मेलनमा उनले राष्ट्रपति पद आफ्ना लागि नभएको बताएका छन् ।

डा. रुइतले भने, ‘लोकतन्त्रमा राष्ट्रपतिको क्रेडेन्सियल र क्रेडिबिलिटी निकै ठूलो हुन्छ, चाहे रबरस्टाम्प नै किन नहोस् । हामी सबै मिलेर राष्ट्रपतिको गरिमा बढाउनु पर्नेछ । तर यो मेरा लागि होइन । मैले आफ्नो लिमिटेसन र स्थान राम्रोसँग बुझेको छु ।’

उनले भने, ‘म यही कारणले नै यति अगाडि आएको छु । सक्ने जति गर्ने हो । सक्नेभन्दा अरु काम म गर्दिनँ । अहिलेलाई यो काम भन्दा मैले गर्न सक्ने कामहरु धेरै छन् ।’ अहिले सामाजिक सञ्जालमा विभिन्न व्यक्तिहरुले डा. रुइतलाई राष्ट्रपति बनाउनुपर्ने आवाज उठिरहेका छन् । यस विषयमा उनलाई पत्रकारले गरेका थिए । डा. रुइतले आफ्नो पछिल्लो उपलब्धीलाई सरकारले कसरी लिन्छ भनेर हेरिरहेको बताएका छन् ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७