जसपा संसदीय दलको नेतामा रामसहायप्रसाद यादव निर्विरोध


२०७९ पौष १३ बुधबार १३:०५ बजे

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) को संसदीय दलको नेतामा रामसहायप्रसाद यादव निर्विरोध चयन भएका छन् ।
बारा–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचन यादव जसपा संसदीय दलको नेतामा निर्विरोध निर्वाचित भएको नेता नवलकिशोर साहले जानकारी दिए ।

रामसहाय पार्टी अध्यक्ष उपेन्द्र यादव निकट मानिन्छन् । जसपाको संसदीय दलको नेतामा संघीय परिषद् अध्यक्ष अशोक राईसहित सांसदद्वय राजकिशोर यादव र नवलकिशोर साहले दाबी गर्दै आए पनि अध्यक्ष यादव निकट रामसहायले बाजी मारेका हुन् ।

सरकारको सहभागिता विषयमा निर्णय गर्न भने राजनीतिक समितिको बैठक पुस १८–१९ मा बस्ने भएको छ । महासचिव मनिष सुमनले सोही बैठकले सरकारमा पार्टीको तर्फबाट नेतृत्व गर्ने नेताको निर्णय गर्ने बताए ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७