चिकित्सकको घरमा मृत्त शिशु फेला, थालियो अनुसन्धान


२०७५ बैशाख ३ सोमबार १४:५० बजे
काठमाडौं, ३ बैसाख : एक चिकित्सकको घरमा दुई दिनको शिशु मृत अवस्थामा भेटिएको छ । केरलास्थित उनको घरको शौचालय सफा गर्ने क्रममा शिशु मृत अवस्थामा भेटिएको हो । शौचालयको पानी निकास नभएपछि पलम्बरलाई बोलाइएको थियो । पलम्बरले निकास हुन नसकेको पानी निकाल्दै गर्दा शौचालयभित्र मृत शिशु देखेपछि सो घटना बाहिर आएको हो । केरलाको पेरिनथाल्मन्नामा चिकित्सक अब्दुल रहमान र उनकी चिकित्सक श्रीमती घर नजिकै एउटा भाडाको घरमा क्लिनिक चलाउँदै आएका छन् । घरको शौचालयमा पानी जाम भएपछि उनीहरुलाई फोन आएको थियो । लगत्तै उनीहरुले पलम्बरलाई बोलाएका थिए । पलम्बरले शौचालय सफा गर्ने क्रममा मृत शिशु भेटिएको चिकित्सक दम्पतीले बताएका छन् । अवैधरुपमा शिशु जन्माएर ट्वाइलेटमा फालेको हुनसक्ने अनुसन्धानमा देखिएको छ । स्थानीय प्रहरीका अनुसार घटना शुक्रबार भएको थियो । घटनाको अनुसन्धान जारी छ । एजेन्सी

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७