दाङमा कुलोमा डुबेर एकको मृत्यु


२०७९ श्रावण १३ शुक्रबार १६:४४ बजे

दाङ । दाङमा कुलोमा डुबेर एक व्यक्तिको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका-२ पोटलीका २६ वर्षीय नरेश चौधरीको डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक बखतबहादुर शाहीले बताए ।

उनका अनुसार यसअघि पनि चौधरी विभिन्न रोगले ग्रसित भएको र त्यही कारणले कुलोमा डुबेर मृत्यु भएको हो । उनको आज बिहान ९ बजेतिर कुलोमा डुबेर मृत्यु भएको हो । चौधरीको शव परीक्षणका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा राखिएको छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७