पोखरामा १० हजार मत गन्दा गठबन्धनका धनराज ४,११०, एमालेका कृष्ण ३,०८३
पोखरा । पोखरा महानगरपालिकामा १० हजार ४९३ मत गणना सकिएको भएको छ । अहिलेसम्म भएको मतगणनाअनुसार एकीकृत समाजवादीका धनराज आचार्यले ४,११० मत प्राप्त गरेका छन् भने नेकपा एमालेका कृष्ण थापाले ३,०८३ मत प्राप्त गरेका छन् ।
राप्रपाका शंकर खरालले ५४६ मत प्राप्त गरेका छन् भने उपप्रमुखमा एमालेकी मञ्जुदेवी गुरुङले ४,३८४ मत प्राप्त गरेकी छन् भने कांग्रेसकी कोपिला रानाभाटले ४,२९८ मत प्राप्त गरेकी छन् ।