पोखरा महानगरपालिकाको मत गणनाको तयारी, सर्वदलीय वैठक बस्दै
कास्की । शुक्रबार सम्पन्न निर्वाचनअन्तर्गत पोखरा महानगरपालिकाको आज (शनिबार) मतगणना गर्ने तयारी गरिएको छ । मत गणनाका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयले बिहान ७.३० बजे सर्वदलीय वैठक बोलाएको निर्वाचन कार्यालय कास्कीका सूचना अधिकारी रुद्र न्यौपानेले जानकारी दिए ।
मतगणना मुख्य निर्वाचन अधिकृतको कार्यालय र जिल्ला समन्वय समितिको हलबाट गर्ने गरी तयारी गरिएको उनले बताए । सर्वदलीय वैठकपछि मतगणना गर्ने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । भूगोलका हिसाबले देशकै सबैभन्दा ठूलो पोखरा महानगरपालिकामा कूल दुई लाख सात हजार ७१२ जना मतदाता रहेकामा शुक्रबारको निर्वाचनमा करिब ६७ प्रतिशत मत खसेको थियो ।