एमसीसी संसदमा पेस हुनु सकारात्मक : बाबुराम भट्टराई
काठमाडौं । सत्ता साझेदार जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले अमेरिकी सहायता सम्झौता एमसीसी संसदमा प्रस्तुत हुनु सकारात्मक भएको बताएका छन् ।
सत्तारुढ दलबीचको सहमतिअनुसार आइतबार प्रतिनिधि सभाको बैठक एमसीसी सम्झौता टेबल गरिएको हो । यो कदमले लोकतन्त्र र राष्ट्रिय हितमा लाभ पुर्याउने भन्दै पूर्व प्रधानमन्त्री भट्टराईले खुशी व्यक्त गरेका हुन् ।
‘जनताको सार्वभौमसत्ताको अभ्यास गर्ने उच्चतम थलो संसदमा एमसीसी प्रस्ताव प्रस्तुत हुनु नेपाली लोकतन्त्र र राष्ट्रिय हितका निम्ति सकारात्मक छ’, उनले भनेका छन्, ‘संसदमा खुला छलफल गरेर लोकतान्त्रिक विधिले यसको निरूपण गरौं । दलीय र गुटीय आग्रह र शक्ति केन्द्रहरूका दबाबमा हैन, सत्य तथ्य र राष्ट्रिय हितमा निणर्य गरौं ।’