एमसीसीबारे निर्णय लिन एकीकृत समाजवादीको स्थायी कमिटी बैठक बस्दै


२०७८ फाल्गुण ७ शनिबार १४:२० बजे

काठमाडौं । सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) एमसीसीका विषयमा छलफल गर्न आज (शनिबार) बिहान ११ बजे नयाँबानेश्वरस्थित अर्याल होटेलमा बस्दै छ ।

पार्टीले आजकै बैठकबाट एमसीसीका विषयमा पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्ने बताएको छ । यस्तै बैठकमा देशभरको सांगठनिक गतिविधि, पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा, आगामी निर्वाचन लगायतका विषयमा छलफल हुने पार्टीका महासचिव डा.वेदुराम भुसालले जानकारी दिएका छन् ।

शुक्रबार बसेको सत्तारूढ गठबन्धनको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवासँग एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले स्थायी कमिटी बैठकबाट पार्टीले एमसीसीको आधिकारिक निर्णय लिने भन्दै समय माग गरेका थिए । उनको आग्रह अनुसार प्रधानमन्त्री देउवाले आइतबारसम्मका लागि बैठक स्थगित गरेका थिए ।

एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले सरकारमा रहँदासम्म प्रधानमन्त्री र मन्त्री भएका नाताले एमसीसीका विषयमा प्रधानमन्त्रीको भन्दा आफ्नो फरक धारणा नहुने बताइसकेकी छन् । उनको यो आशयसँगै सो पार्टी एमसीसीका पक्षमा खुल्ने सम्भावना देखिएको छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७