संसद भवन आसपासमा दुई हजार बढी प्रहरी परिचालन, निषेधित क्षेत्र नतोड्न आग्रह


२०७८ फाल्गुण ६ शुक्रबार ११:३२ बजे

काठमाडौं । अमेरिकी सहयोग परियोजना (एमसीसी) को विरोधमा आज (शुक्रबार) पनि प्रदर्शन हुने सम्भावनालाई मध्यनजर गर्दै राजधानी काठमाडौंका सडकमा दुई हजार बढी प्रहरी परिचालन गरिएको छ ।

एमसीसीविरुद्ध विभिन्न दलहरूको विरोध प्रदर्शनलाई लक्षित गर्दै सो संख्यामा प्रहरी परिचालन गरिएको हो । नयाँ बानेश्वर, माइतीघर, बबरमहल क्षेत्रमा मात्रै एक हजार बढी प्रहरी खटाइएको छ । यसबाहेक सशस्त्र प्रहरीको छुट्टै टोली खटाइएको छ ।

आज विभिन्न राजनीतिक दल र मोर्चाले विरोध प्रदर्शन गर्ने तयारी गरेका छन् । मोहन वैद्य ‘किरण’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी), नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, मोहनविक्रम सिंह नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (मसाल)लगायत दल र मोर्चाले प्रदर्शन गर्न लागेका हुन् ।

माइतीघरबाट संसद् भवन अगाडि नयाँ बानेश्वरसम्म संयुक्त विरोध प्रदर्शन गर्ने कार्यक्रम तय गरिएको छ । आज संसद भवन अगाडि प्रहरी नै प्रहरी देखिएका छन् । आज दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बस्दै छ ।

प्रहरीले शान्तिपूर्ण रूपमा विरोध प्रदर्शन गर्न आग्रह गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी सुदीप गिरीले भने, ‘निषेधाज्ञा तोड्ने काम नगरौँ । शान्तिपूणर् रूपमा हुने विरोधमा प्रहरीको हस्तक्षेप हुँदैन । सवारी-साधनमाथि अवरोध हुनु भएन । कानुनविपरीतका काम भएमा प्रहरी कानुनासार अगाडि बढ्छ ।’

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७