नेकपा (एस) को कर्णाली प्रदेश अध्यक्षमा अम्मरबहादुर थापा


२०७८ कार्तिक ६ शनिबार ०३:१४ बजे

कर्णाली, ६ कात्तिक । नेकपा (एकीकृत) समाजवादी दलको कर्णाली प्रदेश अध्यक्षको जिम्मेवारी अम्मरबहादुर थापालाई दिइएको छ । शुक्रबार बसेको केन्द्रीय कमिटीको बैठकले थापालाई उक्त जिम्मेवारी दिएको हो ।

थापा कर्णाली प्रदेश सरकारका भौतिक पुर्वाधार तथा सहरी विकास मन्त्री समेत छन् । एमालेमै छँदा ‘फ्लोर क्रस’ गरेर माओवादी केन्द्रका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका थापा त्यसपछि मन्त्री बनेका थिए ।

उनको मन्त्री पदको समयावधि पनि केही दिनमा सकिँदैछ । दलले यसअघि प्रकाश ज्वालालाई प्रदेश इञ्चार्जको जिम्मेवारी दिइसकेको थियो । यस्तै सह–इञ्चार्जको जिम्मा चन्द्रबहादुर शाही, हंस शाही, शेर बहादुर केसी र ठगेन्द्र पुरीलाई सचिवको जिम्मेवारी दिइएको बताइएको छ ।

मन्त्री समेत रहेका थापाले भने,‘ अब कर्णालीमा हाम्रो पार्टीलाई अब्बल पार्टीको रुपमा स्थापित गर्छौं । अहिले सांगठनीक रुपमा कसरी अघि बढ्ने भन्ने बारेमा हामीहरु एकबद्ध भई लागिरहेका छौं ।’

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७