एयर इन्डियाको विमान कसरी फस्न पुग्यो पुलमुनि ? (भिडियो)
नयाँदिल्ली, २० असोज । तपाईंले हवाई जहाजलाई आकाशमा उडेको देख्नु भएको होला, रन वेमा दौडिरहेको पनि देख्नु भएको होला तर सायदै कसैले विमानलाई पुल मुनी फसेको देख्नु भएको छैन । सोसल मिडियामा एउटा भिडियो भाइरल भइरहेको छ जसमा एयर इन्डियाको एउटा विमान आकाशे पुलमुनि फसेको देख्न सकिन्छ । यो एउटा बिग्रिसकेको विमान थियो ।
बीबीसीमा प्रकाशित जानकारीका अनुसार यो विमानलाई बेचिएको थियो । खबरका अनुसार यो विमानलाई कतै लैजादै गरेका बेला आकाशे पुल मुनी फसेको हो । भाइरल भएको भिडियोमा विमान नजिकैबाट सवारीसाधन गुडिरहेको देख्न सकिन्छ । विमानका पखेटा देखिएका छैनन् र यहींबाट सवारीसाधन यात्रा गरिरहेका छन् ।
भिडियो ट्वीट गर्ने एक पत्रकारले एयर इन्डियाको एक बयान साझा गर्दै एयर इन्डिया एयर लाइनको अब यो विमानसँग कुनै सम्बन्ध नभएको बताएका छन् । बयानमा भनिएको छ, ‘यो एयर इन्डियाको बिग्रिसकेको विमान हो जुन बेचिएको थियो । यसलाई खरिद गर्नेले यसलाई हिजो राति लैजादै थिए । एयर इन्डियाको यो विमान र योसँग सम्बन्धित कुनै पनि परिस्थितिसँग कुनै सम्बन्ध छैन ।’
भिडियोलाई ट्वीटर र युट्युबमा हजारौं पटक हेरिइसकेको छ । थुप्रै मानिसहरुले भिडियोमाथि कमेन्ट गरेर आखिर यो विमान कसरी फस्यो भनेर जान्न चाहे । यो भिडियो भाइरल भएसँगै केही मानिसहरुले यो विमान पछिल्ला केही दिनदेखि फसेको बताए । यता केही मानिसहरुले भने विमान लैजादै गर्दा त्यसको रुटबारे पनि जानकारी लिनुपर्ने धारणा व्यक्त गरे ।
https://twitter.com/Ashoke_Raj/status/1444519287813668864?ref_src=twsrc%5Etfw%7Ctwcamp%5Etweetembed%7Ctwterm%5E1444519287813668864%7Ctwgr%5E%7Ctwcon%5Es1_&ref_url=https%3A%2F%2Fratopati.com%2Fstory%2F202298%2F2021%2F10%2F6%2Fair-india-plane-stuck-under-bridge
.gif)

.png)

