२० अर्बको विकास पूर्वाधार ऋणपत्र जारी गर्दै सरकार


२०७४ फाल्गुण १६ बुधबार १८:४३ बजे
काठमाण्डौं, १६ फागुन : सरकारले लगानी जुटाउनको लागि ऋणपत्र जारी गर्ने भएको छ । बामगठबन्धनको सरकार बनेसँगै लगानीको स्रोत जुटाउनका लागि ऋणपत्र जारी गर्न लागिएको उच्च स्रोतले जानकारी दिएको छ । जस अनुसार सरकारले विकास ऋणपत्र र पूर्वाधार ऋणपत्र ल्याउने तयारी गरेको छ । देशमा ठूला ठूला संरचना निर्माण तथा विकास निर्माणका कामलाई अघि बढाउनका लागि रकम जुटाउन सरकारले ऋणपत्र जारी गर्ने तयारी गरेको हो । सरकारले विकास र पूर्वाधार गरी २० अर्ब रुपैयाँको ऋणपत्र जारी गर्ने तयारी गरेको उच्च स्रोतको भनाइ छ । जसमा १० अर्बको विकास ऋणपत्र र १० अर्ब रुपैयाँको पूर्वाधार ऋणपत्र जारी गरिने छ । सोमध्ये १० अर्ब रुपैयाँको ऋणपत्र तत्काल जारी गर्ने र थप १० अर्ब रुपैयाँको केही समयअछि मात्रै जारी गर्ने तयारी गरिएको उच्च स्रोतको भनाइ थियो । सरकारले उक्त ऋणपत्रको ४० प्रतिशत सर्वसाधारण र ६० प्रतिशत संस्थागत रुपमा बिक्री गर्ने गरी ऋणपत्र जारी गर्न लागेको हो । साथै सो ऋणपत्रको केही अंश गैर आवासीय नेपाली (एनआरएन) लाई समेत बिक्री विषयमा छलफल भइरहेको छ । साथै ऋणपत्रको व्याजदर, भुक्तानी प्रक्रिया, खरिद बिक्री गर्न मिल्ने लगायतको विषयमा भने छलफल भइरहेको समाचार स्रोतले जानकारी दिएको छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७