सिरिया पस्यो रुसको अत्याधुनिक फाइटर, अमेरिकी सेनालाई खतरा !


२०७४ फाल्गुण १४ सोमबार ०३:०८ बजे
काठमाण्डौं, १४ फागुन : रूसले सिरियामा अत्याधुनिक फाइटर जेट पठाएको अमेरिकी सैन्य अधिकारीले बताएका छन् । यसले सिरियामा काम गरिरहेका अमेरिकी सेनाका लागि खतरा बढेको बताइएको छ । सु–५७ मस्कोको सर्वा्धिक परिष्कृत सैन्य जेट हो र यसमा गोप्य (स्टिल्थ) क्षमता पनि रहेको छ । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले सिरियामा आफ्नो सेनाको उपस्थितिलाई कम गर्ने प्रतिबद्धता जनाए बाबजुद रूसको यो कदम आएको हो । सिरिया समर्थित सेनाले अमेरिका समर्थित बलमाथि फेब्रुअरी ७ मा आक्रमण गरेपछि अमेरिकाले अत्याधुनिक फाइटर जेट एफ–२२ परिचालन गर्ने निर्णय गरेपछिको अवस्थामा रूसको यस्तो कदम आएको हो । सिरियामा अमेरिकी सेना र उसका गठबन्धनले अखडा बनाएर बसेको ठाउँमा भएको आक्रमणमा शासक समर्थित ५ सय सेना संलग्न भएको अनुमान अमेरिकी अधिकारीहरूको छ । डिसेम्बरमा दुईवटा एफ–२२ ले दुई रूसी एयरक्राफ्टलाई पछ्याएको थियो । अमेरिकी जेटले रूसी र अमेरिकी जेट आमने–सामने भएको समयमा चेतावनी समेत जारी गरेको थियो । रूसले सिरियाको मिमिनमा जेटका लागि आधार शिविर बनाएको अमेरिकी सैन्य अधिकारीले बताएका छन् । ‘सिरियामा पाँचौं पुस्ताको फाइटरको उपस्थितिले सिरियाबाट सेना फिर्ता हुने पतिबद्धता पूरा भएको छैन’, पेन्टागनका प्रवक्ता एड्रियन राङ्किन ग्यालेवेले बताए । अत्याधुनिक रूसी फाइटरको परिचालनलाई अमेरिकी एफ–२२ परिचालनको प्रतिकारका रूपमा उतारिएको हो भन्ने विषय अझै स्पष्ट भइसकेको छैन । रूसले सिरियाली थिएटरलाई नयाँ विमानको परीक्षणका रूपमा प्रयोग गर्न सक्ने अवसरका रूपमा पनि लिइएको हुन सक्ने अमेरिकी अधिकारीले बताएका छन् । सु–५७ स्टिल्थ (राडार पत्ता लगाउन नसक्ने गोप्य) प्रविधि प्रयोग गर्ने पहिलो रूसी फाइटर जेट हो । यो विमानलाई हवाई र स्थल आक्रमण गर्ने किसिमबाट बनाइएको हो । रूसी रक्षा मन्त्रालयका अनुसार यो फाइटर विमान यसै वर्षदेखि रूसी सेनामा प्रयोग हुने अपेक्षा गरिएको छ । रूसी सरकारले शुरुमा १२ सय किसिमका विमानको अर्डर गरेको थियो । एजेन्सी

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७