राजनीति छाडेर कमल थापा खेलकुदतिर !
अहिले उनी खेलकुद क्षेत्रमा सक्रिय देखिएका छन् । बुटवल लनटेनिस क्लबद्वारा आयोजित ‘प्रथम बुटवल खुल्ला राष्ट्रिय लनटेनिस प्रतियोगिता’को भेट्रान्सतर्फ आइतबार भएको सेमिफाइनलमा नरेन्द्र सिंहलाई पराजित गर्दै कमल थापा फाइनलमा प्रवेश गरेका छन् । थापा पूर्व उपप्रधानमन्त्री तथा राप्रपा नेपालका अध्यक्ष समेत हुन् ।
उनले सेमिफाइनलमा सिंहलाई ६–०, ६–२ को सोझो सेटमा पराजित गरेका छन् । थापाले उपाधिका लागि सोमबार कृष्ण घलेसँग प्रतिष्पर्धा गर्नेछन् । देशैभरका विभिन्न क्लब, विभागीय टोली र खेलाडीको जमघट रहेको प्रतियोगितामा ८६ खेलाडीले सहभागिता जनाएका छन् । बुटवल लनटेनिस क्लबको आयोजनामा एन्फा टेक्निकल सेन्टर देवीनगरमा रहेको कोर्टमा प्रतियोगिता भइरहेको छ । .gif)

.png)

