टेवलैपिच्छे फायल अलमलिने प्रथा अब अन्त्य हुन्छ : प्रधानमन्त्री ओली


२०७४ फाल्गुण १२ शनिबार २१:१८ बजे
काठमाडाैं, १२ फागुन : प्रधानमन्त्री केपी शर्मा ओलीले टेवलपिच्छे फायल अलमलिने प्रथा अब अन्त्य हुने बताएका छन् । सरकारी कर्मचारीले कुनै नियतवश सर्वसाधरणका काममा ढिलाई गरे उचित छानविन हुने उनको भनाई छ । नेपाल उद्योग वाणिज्य महासंघको बधाई ग्रहण गर्दै प्रधानमन्त्री ओलीले कानुनी जटिलता सरलिकरण गरेर चुस्त र छरितो पारिने बताए । ‘सरकारी कार्यलयका टेवलैपिच्छे फायल अलमलिने प्रथा अब अन्त्य हुन्छ’ शनिबार बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले भने ‘सरकारी कर्मचारीले कुनै नियतवश सर्वसाधरणका काममा ढिलाइ गरेछन् भने त्यसमा पनि उचित छानविन हुन्छ ।’ कमिशनखोरीका भरमा लाइसेन्स दिने र लिनेलाई कारबाही हुने उनले बताए । उनले भने,‘कमिशनखोरीका भरमा लाइसेन्स दिने, लिने, समयमा काम नसक्ने र विना कारण म्याद थप्ने थपाउनेलाई तत्काल कारबाही हुन्छ ।’ प्रधानमन्त्री ओलीले भ्रष्टाचारमा सरकारले शुन्य सहनशिलताको नीति लिने बताउनु भएको छ । ‘सरकार भ्रष्टाचार रोक्न प्रतिवद्ध छ’ प्रधानमन्त्री ओलीले भन्नुभयो ‘भ्रष्टाचार रोक्न सकिएन भने स्थायी सरकार भएको केही अर्थ हुदैन । त्यसकारण स्थीर सरकारको अनुभुत गराउन पनि भ्रष्टाचार रोक्न जरुरी छ ।’ उद्योग वाणिज्य महासंघसंग सरकार सहकार्य गरेर अघि बढ्न सरकार तयार रहेको प्रधानमन्त्री ओलीले बताए । भने, ‘उद्यमी व्यावशायीसँग मिलेर देश बनाउन सरकार तयार छ’ प्रधानमन्त्री ओलीले भन्नुभयो ‘सरकारबाट पाउनसक्ने सहजता तपाईंहरुले पाउनु हुन्छ । विना सर्त मुलुक निर्माणमा सबै जुटौं ।’ प्रधानमन्त्री ओलीले निर्यातजन्य उत्पादनमा जोड दिन व्याशायीहरुलाई आग्रह गरे । नेपालमा उत्पादित सामानका लागि बजारको खाँचो नहुने प्रष्ट पार्दै प्रधानमन्त्री ओलीले विश्वको जुनसुकै देशमा पनि नेपाली सामानको माग उच्च हुने बताए । यसैगरी आजै बालुवाटारमा आयोजित कार्यक्रममा गैह्र आवासीय नेपाली संघको बधाइ ग्रहण गर्दै प्रधानमन्त्री ओलीले देशलाइ समृद्ध र नेपालीलाई सुखी बनाउने बाहेक आफ्नो अरु कुनै उद्धेश्य नरहेको स्पष्ट पारे । ‘जनताको विश्वासलाई सार्थक बनाउने मेरो एक मात्र उद्धेश्य हो ।’

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७