नेकपा अध्यक्षमा माधवकुमार नेपाल


२०७७ पौष ७ मंगलबार ००:४० बजे

काठमाडौं, ७ पुस । काठमाडौंमा जारी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय कमिटी बैठकले पार्टीको अध्यक्षमा वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधव नेपालको नाम पारित गरेको छ । बैठकले प्रधानमन्त्री तथा अर्का अध्यक्ष केपी शर्मा ओलीलाई कारवाही गरेर पार्टी अध्यक्षबाट हटाउदै नेपाललाई अध्यक्ष बनाएको हो ।

मंगलबारबाट काठमाडौंको बबरमहलमा जारी कार्यकारी अध्यक्ष र वरिष्ठ नेता नेपाल समूहको बैठकले नेता नेपाललाई अध्यक्ष बनाएको हो । बैठकमा वरिष्ठ नेता झलनाथ खनालले स्थायी कमिटीको निर्णयअनुसार नेता नेपालको नाम अध्यक्षका रुपमा प्रस्ताव गरेका थिए ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालको अध्यक्षतामा मङ्गलबार बसेको केन्द्रीय कमिटी बैठकमा वष्ठि नेताद्धय झलनाथ खनाल र माधवकुमार नेपाललगायत सहभागी नेता । तस्वीरः प्रदीपराज वन्त, रासस

पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठका हाल कायम ४४६ सदस्यीय  केन्द्रीय कमिटि मध्ये ३ सय १५ जना केन्द्रीय सदस्य उपस्थित बैठकले नेपाललाई अध्यक्ष बनाएको हो ।

मंगलबार बसेको स्थायी कमिटीको बैठकले नेपाललाई केपी ओलीको स्थानमा अध्यक्ष बनाउने प्रस्ताव केन्द्रीय कमिटीमा लैजाने निर्णय गरेको थियो । केन्द्रीय कमिटीको बैठकले केपी ओलीलाई कारबाही गरी अध्यक्षबाट हटाउने निर्णय गरेलगत्तै नेपाललाई अध्यक्ष बनाउने प्रस्ताव पारित गरेको हो ।

भिडियाे

https://youtu.be/n3kn0TgdzkM

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७