ओलीले डाकेको केन्द्रीय कमिटी बैठकमा बादल अनुपस्थित


२०७७ पौष ७ मंगलबार ०८:५७ बजे

काठमाडौं, ७ पुस । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवम प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको नेकपा केन्द्रीय कमिटी बैठकमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ अनुपस्थित भएका छन् ।

विहान ९ बजेका लागि प्रधानमन्त्री निवास बालुवाटारमा ओली पक्षले बोलाएको केन्द्रीय कमिटी बैठक ढिलो गरी भर्खरै मात्र शुरु भएको हो । ओली पक्षका केन्द्रीय सदस्यहरुको वैठक शुरु भइसक्दा समेत गृहमन्त्री बादल भने पुल्चोकस्थित मन्त्री निवासमै रहेको स्रोतले जानकारी दिएको छ ।

बादल निकट स्रोतका अनुसार उनी आफू निकट नेताहरुसँग परामर्शमा छन् । सोमबार राति बालुवाटार पुगेर बादलले ओलीसँग भेट गरेका थिए ।

मंगलबार बिहान अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पुल्चोक गएर आफूलाई सहयोग गर्न बादललाई आग्रह गरेका थिए । नेकपा विभाजनको डिलमा पुगिसक्दा समेत गृहमन्त्रीले आफ्नो कित्ता क्लियर गरिसकेका छैनन ।

हिजो पुल्चोकमा भएको बादल निकटका नेताहरुले संसद विघटन गर्ने प्रधानमन्त्री ओलीको कदल असंवैधानिक र अलोकतान्त्रिक भएको बताउँदै यस्तो कदमलाई साथ नदिन सुझाव दिएका थिए ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७