कैलास एयरको हेलिकप्टर दुर्घटना, नुवाकोटमा आकस्मिक अवतरण (भिडियाे)

काठमाडौं, १४ मंसिर । कैलाश एयरको हेलिकप्टर ठूलो दुर्घटनाबाट जोगिएको छ । बाग्लुङको गलकोटबाट काठमाडौंका लागि उडेको हेलिकप्टर नुवाकोटमा दुर्घटनामा परेको छ ।
हेलिकप्टर नुवाकोटमा आकस्मिक अवतरण गरिएको छ । उडिरहेको हेलिकप्टरमा चरा ठोकिएपछि दुर्घटना भएको गलकोट नगरपालिका–३ का वडा अध्यक्ष वीरजंग भण्डारीले जानकारी दिएका छन् । हेलिकप्टरमै सवार उनले उडिरहेको हेलिकप्टरमा चरा ठोक्किएपछि नुवाकोटको बेलकोटगढी गाउँपालिकामा दुर्घटनामा परेको बताए ।
उनका अनुसार पाइलटसहित हेलिकप्टरमा रहेका ६ जना नै सुरक्षित छन् । केहीलाई सामान्य चोट लागेको छ । हेलिकप्टरको अगाडिको सिसा फुटेको पनि उनले जानकारी दिएका छन् । भिडियाे स्राेत : अच्युत पुरी