२० घण्टाको नवजात शिशुसहित गण्डकीमा थप ३३ जनामा कोरोना संक्रमण
पोखरा, १४ असोज । २० घण्टाको नवजात शिशुसहित गण्डकी प्रदेशमा थप ३३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार बुधबार मध्यान्हसम्म प्रदेशमा २० घण्टाका नवजात शिशुससिहत ३३ जनामा संक्रमण देखिएको हो ।
निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माका अनुसार पोखरा महानगरपालिका-४ का ती शिशुलाई अहिले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखराको एनआईसीयूमा भर्ना गरिएको छ ।
उनका अनुसार आज थपिएका संक्रमितमा नवलपरासी पूर्वका २८ जना, कास्कीका २० घण्टे बालाकसहित ४ जना र गोरखाका १ जना रहेका छन् ।
संक्रमितहरुमध्ये पोखरा महानगरका ३ जना पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको फिभर क्लिनिकबाट र अन्य सबै कन्ट्याक्ट ट्रेसिङबाट पत्ता लागेका हुन् । सक्रमित सबैलाई आइसोलेसनको व्यवस्था गर्ने तयारी भइरहेको निर्देशक शर्माले जानकारी दिए । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३ हजार ८६६ पुगेको छ ।