प्रदेश १ को राजधानी सार्ने एमालेको तयारी
एमाले स्रोतका अनुसार उक्त निर्णय प्रति बेठिक भएको बताएका छन् । एमालेले प्रदेश एकको राजधानी इटरी, तरहरा आसपासलाई प्रदेश राजधानी बनाउँन तयारी गरेको स्रोतले जानकारी दिएका छन् । हुन त प्रदेश १ मा एमालेको एकल बहुमत भएको एक्लै सरकार गठन पनि गर्न सक्छ । स्रोतका अनुसार प्रदेश सरकारको गठन भैसकेपछि विराटनगरमा रहेको राजधानीलाई सार्ने योजना रहेको बताएका छन् ।
अस्थाई प्रदेशको राधानी तोक्नु अघिनै प्रदेश १ को राजधानी माग गर्दै बिराटनगर, इटहरी, धरान र धनकुटाबासीहरु आन्दोलमा उत्रेका थिए । धनकुटावासीहरु प्रदेश १ को राजधानी माग गर्दै अझै आन्दोलन गरिरहेका छन् । यस अघिनै प्रदेशको राजधानी इटहरी, मोरङको गोठगाउँ, सुनसरीको तरहरा र पकलीमा राजधानी हुनु पर्ने आवाज उठेको थियो ।
नेकपा एमालेबाट प्रदेश प्रमुखको दाबी गरिरहेका भीम आचार्य इटहरीका हुन् । भने अर्को प्रदेश प्रमुख दाबी गरिरहेका शेरधन राई भोजपरका हुन् । दुवै प्रदेश प्रमुखको दाबेदारीले प्रदेश १ को राजधानीको बारे सार्वजनिक धारण व्यक्त गरेका छैनन् । बिराटनगर राजधानी बनाउँदा एमालेका नेताहरू भोजपुर, खोटाङ र सोलुलाई मान्य नहुने बताउँछन् । प्रदेश १ को राजधानीको विषयमा चुनाव अगाडीनै धनकुटामा बसेको एमालेको प्रदेश कमिटीको बैठकले निर्णय गरिसकेको एमाले सम्बध बताउँछन् ।
नेपाली काँग्रेसले भने प्रदेश १ को राजधानी बिराटनगर हुनु पर्ने बताएका छन् । काँग्रसले ऐतिहासिक एवं सांस्कृतिक सहर भएकोले प्रदेश १ को राजधानी बिराटनगर हुनु पर्ने भन्दै आएका छन् । .gif)

.png)

