धान रोपिरहेका बेला चट्याङ्ग लाग्दा बारामा चार महिलाको मृत्यु, पाँच घाइते


१७:५२ बजे

बारा, १८ असार । चट्याङ्ग लागेर बारामा चार महिलाको ज्यान गएको छ । बाराका दुई छुट्टाछुट्टै स्थानमा परेको चट्याङले चार जना महिलाको ज्यान गएको भने पाँच जना घाइते भएका छन् ।

बिहीबार बिहान साढे सात बजेको समयमा परेको चट्याङले खेतमा धान रोपिरहेका बाराको कलैया उपमहानगरपालिका–१२ की ३५ वर्षीया आशादेवी महतो र सोही ठाउँ बस्ने ४५ वर्षीया हलिमा खातुनको मृत्यु भएको हो ।

बाराका डीएसपी गौतम मिश्रका अनुसार चट्याङ लागेर गम्भीर घाइते भएकी महतो र खातुनलाई उपचारका लागि कलैया अस्पताल ल्याउँदा ल्याउँदै बाटोमा नै मृत्यु भएको हो ।

यस्तै सोही समयमा परेको चट्याङ लागेर खेतमा धान रोपिरहेका फेटा गाउँपालिका–१ त्रिवेणीका ३० वर्षीया इन्दुदेवी महतो र ४० वर्षीया सुनरपति देवी महताको पनि मृत्यु भएको डीएसपी मिश्रले जानकारी दिए ।

चट्याङले सोही ठाउँ बस्ने अन्य पाँच जना पनि घाइते भएको उनले बताए । घाइतेहरुलाई उपचारका लागि वीरगञ्ज पठाइएको छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७