राजेन्द्र महत्तो भन्छन्–‘भारत बिना नेपाललाई सास फेर्न पनि मुस्किल छ’


२०७४ माघ १२ शुक्रबार ११:०८ बजे
काठमाण्डौं, १२ माघ : राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष राजेन्द्र महत्तोले दिएको एक अभिब्यक्तिले नेपालको इज्जतमाथि प्रहार मात्र गरेको छैन उनलाई पनि आलोचनाको शिकार बनाएको छ । केहि दिनअघि एक भारतीय सञ्चारमाध्यमलाई दिएको अभिव्यक्तिले गर्दा अहिले देशभर राजेन्द्र महत्तोको आलोचना शुरु भएको छ । अध्यक्ष महत्तोले दिएको यो अभिब्यक्तिले यतिबेला विवाद निकालेको छ । उनले हालै एक भारतीय मिडियामा ‘भारत बिना नेपाललाई सास फेर्न पनि मुस्किल छ’ भनेर अभिव्यक्ति दिएका थिए । नेता महत्तोको अभिव्यक्तिलाई भारतीय मिडियाले प्राथमकिताका साथ लिएका छन् । ‘भारतके बिना नेपालका सांस फेर्न लेना भी मुस्किल’ भनेर ती मिडियाहरूले हेडलाइन बनाएका छन् । विगतमा आफूलाई नेपालको ‘भूमिपुत्र’ दावी गर्ने महत्तोको यो अभिव्यक्ति देश र जनताको पक्षमा छ–छैन उनले पनि बुझ्न जरुरी छ । यसलाई नेपाली नागरिकले देशको बेइज्जत गर्ने अभिव्यक्तिको रुपमा लिएका छन् ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७