एमसीसीविरुद्ध काठमाडौंमा प्रर्दशन {भिडियो}

काठमाडौं, २१ जेठ । मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता संसदबाट अनुमोदन गर्न नहुने भन्दै बुधबार पनि काठमाडौँमा प्रदर्शन भएको छ ।
काठमाडौँको माइतीघर मण्डलामा केहि युवा तथा बिद्यार्थी संगठहरुले एमसीसी खारेज गर्न माग गर्दै चर्का नारा लगाउदै विरोध प्रदर्शन गरेका हुन् । उनीहरुले एमससीको विरोधसँगै गणतन्त्र विरोधी नारा पनि लगाएका छन् । त्यस्तै उनीहरुले एमसीसी राष्ट्रको हितमा नरहेको भन्दै सरकार बिरोधी नारा लगाएका थिए ।
एमसीसी सम्झौता राष्ट्रघाती रहेको दाबीसहित त्यसलाई पारित गर्न नहुने भन्दै सदन र सडकमा विरोध चर्किरहेको छ । सरकारले संसदको जारी अधिवेशनबाटै एमसीसी पारित गर्ने तयारी गरिरहेको छ।
https://youtu.be/46GGVMOI0Kc