सार्क कोषमा १० करोड दिने प्रधानमन्त्रीको घोषणा, मोदीले गरे यसरी प्रशंसा


२०७६ चैत ८ शनिबार १७:४२ बजे

काठमाडौं, ८ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना (कोभिड–१९) भाइरससँग जुध्न सार्क आपतकालीन कोषमा १० करोड रुपैयाँ योगदान गर्ने घोषणा गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार राष्ट्रको नाममा सम्वोधन गर्ने क्रममा सार्क आपतकालीन कोषमा १० करोड योगदान गर्ने घोषणा गरेपछि भारतीय समकक्षी नरेन्द्र मोदीले प्रशंसा गरेका छन् ।

प्रधानमन्त्री ओलीको घोषणाको केहि घण्टामै भारतीय प्रधानमन्त्री मोदीले ट्वीट गरी ओलीको प्रशंसा गरेका हुन् । ‘कोभिड–१९ आपतकालीन कोषमा नेपाली रुपैयाँ १० करोड योगदान गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको घोषणाको गहिरो प्रशंसा गर्दछु,’ मोदीले भनेका छन्, ‘यसबाट माहामारीविरुद्ध सार्क राष्ट्रहरुको सामुहिक लडाईमा ओलीजीको प्रतिबद्धता र सहयोग झल्किन्छ ।’

मोदीले गत चैत २ गते कोरोना संक्रमणबाट सिर्जित परिस्थितिको सामना गर्नेबारे दक्षिण एसियाली राष्ट्रहरुको सहयोग संगठन (सार्क) का सरकार प्रमुखहरूबीच भिडियो कन्फ्रेन्सको संयोजन गरेका थिए । सोही कन्फ्रेन्समा उनले कोभिड–१९ सार्क आपतकालीन कोष स्थापना गर्ने प्रस्ताव गर्दै त्यसमा भारत सरकारले एक करोड डलर प्रदान गर्ने घोषणा समेत गरेका थिए ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७