मानवअधिकारकर्मी नै लागूऔषध कारोबारमा !


१६:५९ बजे

मकवानपुर : मानवअधिकारकर्मीको ज्याकेट लगाएका दुई जनालाई लागूऔषधसहित प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मनहरीले प्रतिबन्धित लागूऔषध नाइट्रोभेटसहित चितवन रत्ननगर नगरपालिका–४ का सञ्जय चौधरी र २६ वर्षीय सञ्जय भुजेललाई पक्राउ गरी मुद्दा चलाएको छ ।

पक्राउ पर्ने सञ्जय चौधरीले मानवअधिकार आयोगको ज्याकेट लगाएको र उनीबाट मानवअधिकारकर्मीको परिचय–पत्र समेत बरामद भएको प्रहरीले जनाएको छ । हेटौंडाबाट चितवन जाँदै गरेको अवस्थामा ना ४२ प ४६४७ नम्बरको स्कुटरको फुट प्यानलभित्र कालो प्लाष्टिकमा लुकाएर लैजाँदै गरेको १९ पत्तामा ५ सय ७० ट्याब्लेट र रेस्काप ३ बोत्तलसहित प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो ।

उनीहरुलाई लागूऔषध ऐन २०३३ बमोजिम जिल्ला अदालत मकवानपुरबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय मकपानपुरका प्रहरी उपरीक्षक विकासराज खनालले जानकारी दिएका छन् ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७