‘प्राध्यापकको वर्गीकरण आपत्तिजनक’


२०७६ माघ ७ मंगलबार ११:२३ बजे

काठमाडौं, ७ माघ । सरकारले विश्वविद्यालयका प्राध्यापकको वर्गीकरण गर्ने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तयार गरेको उच्च शिक्षा ऐन, २०७६ को मस्यौदामा सो विषय उल्लेख छ ।

मस्यौदामा प्राध्यापकको मात्र वर्गीकरण वर्गीकरण गरिएको छ, सहायक, उप र सहप्राध्यापकका सम्बन्धमा कुरा गरिएको छैन । नेपाल प्राध्यापक संघका महासचिव सहप्राध्यापक नरेन्द्रप्रसाद शिवाकोटीले अध्ययन नै नगरी प्रध्यापकको वर्गीकरण गर्ने विषय समावेश गर्नु गलत भएको बताए ।

‘क्याम्पसमा पढाउने सबैलाई प्राध्यापक भनी सम्बोधन गरेको भने फरक छैन, तर प्राध्यापकलाई मात्र वर्गीकरण गर्ने विषय आपत्तिजनक छ,’ उनले भने । नेपाल समाचारपत्र दैनिकबाट

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७