उत्कृष्ट विश्वविद्यालयहरुको सूचीमा त्रिभुवन विश्वविद्यालय


२०७६ बैशाख २९ आइतबार ०२:२० बजे

काठमाडौं, २९ बैशाख । एसियाका उत्कृष्ट विश्वविद्यालयहरुको सूचीमा त्रिभुवन विश्वविद्यालय परेको छ । सूचीको २५१–३०० औं स्तरमा त्रिभुवन विश्वबिद्यालय सूचीकृत भएको छ ।

बेलायतस्थित द टाइम्स हाइयर एजुकेसनले सार्वजनिक गरेको एसियाको उत्कृष्ट विश्वविद्यालयहरुको स्तर निर्धारण सूचीमा त्रिभुवन विश्वविद्यालयले गत वर्षको तुलनामा उल्लेख्य स्थान सुधार गरेको हो ।

यसअघि गत वर्ष सोही संस्थाले विश्वभरबाट गरेको विश्वविद्यालयहरुको स्तर निर्धारण मूल्यांकनमा विश्वका उत्कृष्ट ८०१–१००० औं विश्वविद्यालयहरुको सूचीभित्र परेको थियो ।

उक्त संस्थाले विश्वविद्यालयमा रहेका कुल शिक्षक संख्या, महिला शिक्षक संख्या, स्नातक र स्नातकोत्तर तहहरुमा अध्ययनरत विद्यार्थी संख्या, महिला विद्यार्थीहरुको संख्या, शिक्षक विद्यार्थी अनुपात, विश्वविद्यालयभित्र भएका अनुसन्धानहरु, राष्ट्रिय अन्तर्राष्ट्रियस्तरमा प्रकाशित लेख, अनुसन्धानका लागि भएको लगानी, विद्यावारिधी प्रदान गरिएको संख्यालगायतका मुख्य सूचकहरुलाई आधार मानी विश्वविद्यालयहरुको मूल्यांकन गर्दछ ।

त्रिभुवन विश्वविद्यालयले पहिलो पटक एसियाका विश्वविद्यालयहरुको स्तर निर्धारणका लागि गरिने सूचीकरण प्रक्रियामा गत वर्षबाट भाग लिएको थियो ।

त्रिविले जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘यो उपलब्धीबाट हामी थप उत्साही भएका छौं र विश्वविद्यालयलाई यो उत्कृष्टताको यात्रामा थप उचाई उपलब्ध गराउन हामी क्रियाशिल रहनेछौं । हामीलाई विश्वास छ, हामी सबैको प्रतिबद्धता र लगानशिलताबाट भविष्यमा त्रिविले विश्वमा अझ उच्च स्थान हासिल गर्नेछ ।’

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७